The egg - Nepali Translation

Original by Andy Weir

तिमी घर जाँदैथियौ जब तिम्रो देहान्त भयो।
यो एउटा कार दुर्घटना थियो। केही उल्लेखनिय नभएपनी यो घातक थियो। तिमीले एउटी पत्नी र दुईजना बच्चाहरु लाई पछी छाड्यौ। डाक्टरहरुले तिमीलाई बचाउन सक्दो प्रयत्न गरे तर सफल भएनन्। तिम्रो शरीर यती हद सम्म चकनाचुर भएको थियो कि राम्रै भयो तिमी यहाँ छौ।
अनी तिम्रो भेट मसँग भयो।
“के….. के भयो?” तिमीले सोध्यौ। “म कहाँ छु?”
“तिमी मर्यौ,” मैले साँचो बोलेँ। शब्द खेलाउनुको आवश्यकता थिएन।
“त्यहाँ एउटा…..एउटा ट्रक थियो र त्यो चिप्लिराखेको थियो…..”
“हो,” मैले भनेँ।
“म…. म मरेँ?”
“हो। तर दु:ख नमान। सबैजना मर्छन।,” मैले भनेँ।
तिमीले चारै तिर हेर्यौ। सुन्यता, बस् तिमी र म। “यो कुन ठाउँ हो,” मैले सोधेँ। “के यो स्वर्ग हो?”
“केही हद सम्म,” मैले भनेँ।
“के तिमी भगवान हौ?” तिमीले सोध्यौ।
“हो,” मैले जवाफ दिएँ। “म भगवान हुँ।”
“मेरा बच्चाहरु…..मेरी पत्नी,” तिमीले भन्यौ.
“उनिहरु को बारेमा के?”
“के उनिहरु ठिकै होलान त?”
“मलाई पनि यै देख्न मन लाग्छ,” मैले भनेँ। “तिमी भर्खर मर्यौ र तिम्रो मुख्य चिन्ता तिम्रो परिवार को बारेमा छ। यो राम्रो कुरा हो।”
तिमीले मलाई आस्चर्यका साथ हेर्यौ। तिमीले मलाई भगवान जस्तो देखेनौ। तिमीलाई म कुनै सधारण पुरुष जस्तो देखिएँ। सम्भव छ, कुनै महिला जस्ती। सायद कुनै अस्पस्ट प्रभुत्वशाली व्यक्ति। सर्वशक्तिमान भन्दापनी कुनै साधारण बिद्यालयको शिक्षक।
“चिन्ता नगर,” मैले भनेँ। “उनी हरु ठिकै हुनेछन। तिम्रा छोराछोरिले तिमीलाई हरेक रुप मा राम्रो देख्नेछन। उनिहरुलाई तिमीसँग घृणा गर्ने समय नै भएन। तिम्री पत्नी बहिर बाट हेर्दा रुन्छे, तर भित्र बाट उस्ले राहत को सास फेर्नेछे। साँचै भन्नुपर्दा तिम्रो विवाह फुट्न लागेको थियो। यदी केही सान्त्वना मिल्छ भने, उस्लाई निकै हिनताबोध हुनेछ।”
“ए,” तिमीले भन्यौ। “त्यसोभए अब के हुन्छ? म स्वर्ग जान्छु कि नर्क जान्छु या अरु कतै?”
“दुइटै हैन,” मैले भनेँ। “तिम्रो पुनर्जन्म हुनेछ।”
“त्यसोभए हिन्दू हरु सहि थिए,” तिमीले भन्यौ।
“सबै धर्महरु आ-आफ्नो रुपमा सहि छ्न,” मैले भने। “म सँग हिँड।”
तिमी शुन्यतामा मेरो पछी-पछी लाग्यौ। “हामी कहाँ जाँदैछौँ?”
“कुनै बिशेष स्थान मा हैन।,” मैले भनेँ। “बस् हिड्दै कुरा गर्न राम्रो लाग्छ।”
“त्यसोभए यो सबको मतलब के हो?” तिमीले सोध्यौ। “जब मेरो पुनर्जन्म हुन्छ, म त फेरी एउटा खाली कागज हुनेछु, हैन र? एउटा बच्चा। त्यसैले मेरो यस जीवनका भोगाइ र कर्महरुले केही पनि मतलब राख्दैनन्।”
“त्यसो होइन!” मैले भनेँ। “तिम्रो पुर्वजन्मका सबै ज्ञान र भोगाइहरु तिमी भित्रै छन्। बस् तिमी अहिले त्यस्लाई सम्झन सक्दैनौ.”
म रोकिएँ र तिम्रो काँधमा हात राखेँ। “तिम्रो आत्मा तिम्रो सोचाइभन्दा निकै भव्य, सुन्दर, अनि विशाल छ। एउटा मानव दिमागले तिम्रो अस्तित्वको एउटा सानो अंश मात्र अटाउन सक्छ। “यो त गिलासको पानी चिसो छ कि तातो छ भनेर आफ्नो औंला डुबाए जस्तै हो, जब औंला बाहिर निकाल्छौ, तिमी भित्र त्यसको सबै अनुभव अाइसकेको हुन्छ।”
“तिमी पछील्लो ४८ वर्षका लागि एउटा मानव शरीरमा रह्यौ, त्यसैले तिमीलाई तिम्रो विशाल चेतनाको आभास भएको छैन। हामी यहाँ निकै बेर सम्मा बस्नु हो भने तिमीलाई सबै याद हुनेछ। तर हरेक जीवनका बिचमा त्यसो गर्नुको कुनै मतलब छैन।
“त्यसोभए म कति पटक पुनर्जिवित भएको छु त?”
“निकै। धेरै भन्दा धेरै। र धेरैवटा जीवनहरुमा।” मैले भनेँ। “यसपटक तिमी ५४० इश्वी सम्बतमा एउटी चिनियाँ किसान केटी बन्नेछौ।”
“पर्ख, के?” तिमी भकभकायौ। “के तिमी मलाई पछाडिको समय मा पठाउँदैछौ?”
“हो, प्रविधिक रुपमा। तर तिमीले जाने अनुसारको समय त केवल तिम्रो ब्रह्माण्डमा मात्र छ। म जहाँ बाट आएको हुँ, त्यहा कुरा अर्कै छ।”
“तिमी जहाँ बाट आएका हौ?” तिमीले सोध्यौ।
“हो,” मैले भनेँ। “म कहीँ बाट आउछु। कहीँ अर्कै ठाउँ। र त्यहाँ मजस्ता अरु पनि छन। मलाई थाहा छ तिमीलाई जान्न मन छ कि त्यहाँ कस्तो छ भनेर, तर साँचो बोल्नु हो भने, तिमीले त्यो बुझ्ने छैनौ।”
“ए,” तिमीले भन्यौ, निरास हुँदै। “तर पर्ख, यदी म विभिन्न समयमा पुनर्जिवित हुन्छु भने त, कुनै समयमा मैले आँफै सँग पनि अन्तर्क्रिया गरेको हुँला।”
“जरुर। यस्तो भैरहन्छ। र दुवै जनालाई आफ्नो जीवन को मात्रै आभास हुनाले के भैराखेको छ भन्ने भान हुँदैन।”
“यो सब को मतलब के हो त?”
“साँच्चै?” मैले सोधेँ। “साँच्चै? तिमी मलाई जीवन को अर्थ सोध्दैछौ? के यो त अलिकती रुढिवादी भएन र?”
“ठिक छ, तर यो एउटा उचित प्रश्न हो,” तिमीले जोर दियौ।
मैले तिमीलाई आँखा मा हेरेँ। “जीवन को अर्थ, मैले यो सारा ब्रम्हाण्ड बनाउनुको कारण, यो सब तिमीलाई पारीपक्व बनाउनका लागि हो।”
“मतलब मानवजाती? तिमी हामीलाई पारीपक्व बनाउन चाहन्छौ?”
“होइन, मात्र तिमी। मैले यो सारा ब्रम्हाण्ड तिम्रा लागि बनाएको हुँँ। तिमी हरेक जीवन पश्चात अझ पारीपक्व बन्दै जान्छौ र अझ बुद्धिमान बन्दै जान्छौ।”
“म मात्र? अनि अरु?”
“यहाँ कोही अरु छैनन्। यो ब्रम्हाण्डमा केवल तिमी र म छौँ।”
तिमीले भावबिहिन भै मतिर हेर्यौ। “तर पृथ्वीमा भएका सबै मानिस हरु…..”
“सबै तिमी नै हौ। तिम्रै विभिन्न अवतारहरु।”
“पर्ख। सबै मै हुँँ!?”
“बल्ल तिमी बुझ्दैछौ,” मैले भनेँ, पिठ्युँमा बधाईको धाप लगाउँदै।
“म हरेक मानव हुँँ जो बाँचे?”
“हो, र जो बाँच्नेछन।”
“म अब्राहम लिङ्कन हुँँ?”
“र तिमी जोन विल्क्स बूथ पनि हौ,” मैले थपेँ।
“म हिटलर हुँँ?” तिमीले सोध्यौ, भयभित हुँदै।
“र दसौँ लाख मानिस जसलाई उस्ले मारे।”
“म यसु हुँँ?”
“र ति सबै जस्ले उनलाई विश्वाश गर्छन्।”
तिमी मौन भयौ।
“हरेक चोटि जब तिमीले कसैलाई चोट पुर्यायौ,” मैले भनेँ,“तिमी आँफैलाई चोट पुर्याउदैँ थियौ। तिमीले गरेका हरेक दया का कार्य तिमीले आफ्नै निम्ती गरेका थियौ। हरेक सुख या दु:खका अनुभव जो मानवजतिले गरेका थिए, या गर्ने छन्, तिमीले अनुभव गरेका छौ।”
तिमीले निकैबेर सम्म सोच्यौ।
“किन?” तिमीले मलाई प्रश्न गर्यौ। “यो सब किन गर्नु?”
“किनकी कुनैदिन, तिमी म जस्तै बन्नेछौ। किनकी तिमी यही हौ। तिमी मेरै जातिका हौ। तिमी मेरा पुत्र हौ।”
“ओहो,” तिम्ले भन्यौ, विश्वाश गर्न नसकी। “यसको मतलब म भगवान हुँँ?”
“होइन। ऐले हैन। तिमी एउटा भ्रुण हौ। तिमी अझै बढ्दैछौ। जब तिमी, हरेक समयको, हरेक मानव को जीवन जिउँछौ, तब तिमी जन्मिनका निम्ती तयार हुनेछौ।”
“त्यसोभए यो सारा ब्रम्हाण्ड,” तिमीले भन्यौ, “यो बस्…..”
“एउटा अन्डा।” मैले जवाफ दिएँ। “अब तिम्रो अर्को जीवन सुरु गर्ने समय भएको छ।”
र मैले तिमीलाई तिम्रो मार्गमा पठाएँ।

Click here for the original story in English.